जनकपुरधाम, फागुन १८ गते ।

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचार प्रसार गर्ने उद्देश्यले ३ दिवसीय जनकपुर साहित्य महोत्सवको आयोजना हुन लागेको छ । फागुन १९ गतेदेखि फागुन २१ गतेसम्म चल्ने महोत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथी छलफल गरिने छ । महोत्सवको उदघाटन कार्यक्रम बिहिबार २ बजे राखिएको छ ।

उदघाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउत, नेपाल पर्यटन बोर्डका सीईओ बिनोद चौधरी, मधेस प्रदेसका मन्त्रीहरु, नबिल बैंकका कार्यकारी प्रमुख अनिल साह लागयातका व्यक्तित्वहरुको उपस्थिति रह्ने छ । नवमिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको जनकपुर साहित्य महोत्सवमा विभिन्न सत्रहरुमा दर्जनौँ वक्ताहरुले आ–आफ्नो विचार राख्ने छन् ।

महोत्सवमा ‘समाजमा विभेद’, ‘मधेशमा उद्यमी र मधेशको उधोग’, ‘शिक्षाको संस्कार’, ‘स्थानीयविकास’, ‘महिला र राजनीति’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’, ‘मधेश एक अवसर’, ‘परिवर्तनको सिद्धान्त’, ‘मधेशमा साहित्य लेखन’ जस्ता विषयमा केन्द्रित रहेर सत्रहरु संचालन हुनेछन् ।

माइ सेकेण्ड टिचर इन्टर स्कुल प्रतियोगितासंगै महोत्सवको औपचारिक रुपमा उदघाटन हुनेछ । शुक्रबार नै मधेशमा साहित्य लेखन नामक सत्र संचालन गरिने छ । जसमा रोशन जनकपुरी, गोपाल अस्क, रेणु गुप्ता लगायतका साहित्यकारहरुको उपस्थिति रह्ने । त्यस लगत्तै कुटुम्ब बैण्डको सांगितिक प्रस्तुतीका साथै मिथिलाको लोपोन्मुख झरी झरी नृत्य समेत देखाइने छ ।

फागुन २० गते दोस्रो दिन समाजमा विभेद, मधेशमा उद्यमी र मधेशको उद्योग, शिक्ष संस्कार लगायतका सत्रहरु संचालन हुनेछन् ।

महोत्सवको अन्तिम दिन फागुन २१ गते महिला र राजनीति शिर्षकमा महिला राजनीतिकर्मीहरु मञ्जु यादव, चमेलीदेवी दास, सलमा खातुन, एलिजा ढकालले आफ्नो विचार राख्ने छिन् ।

कसको लोकतन्त्र कस्तो लोकतन्त्र नामक सत्रमा सरिता गिरी, राजनीतिक विश्लेषकद्वय सीके लाल र हरि शर्माले बहस गर्नेछन् । मधेश एक अवसर नामक सत्रमा उद्योगपति बिनोद चौधरी, राष्ट्रियसभा सांसद विमला राईले आफ्नो विचार पस्किने छन् ।

यसका साथै परिवर्तनको सिद्धान्त, मधेश साहित्य र म नामक सत्रहरु समेत हुनेछन् ।