काठमाडौं, जेठ १०

राजदूतमा सिफारिस भएका जनकपुरधामका डा. रामस्वार्थ रायको नाम अनुमोदन भएको छ ।

संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा. रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि अब मिश्र र राय दुवै जनाको नियुक्तिको बाटो खुलेको छ ।

राजदूतहरुको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।