पोखरा,, जेठ १५
पोखराबाट जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएर दुर्घटना भएको छ।
१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो।
आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको पोखरा विमानस्थल स्रोतले जनाएको छ।
सरकारी अधिकारीहरुको टोलि त्यस तर्फ खोजविनको लागि गएको छ ।
