काठमाण्डौं, जेठ १६

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्का वर्षा भइरहेको छ।

सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन ÷चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै मंगलबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन ÷चट्याङ र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन ÷चट्याङ र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।