जनकपुर, माघ १३

जनकपुरधामबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित पक्राउ पर्नेमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेका छन् । भने ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जनाएका छन् ।No description available.

अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरु समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समेत जिप्रका धनुषाले जनाएको छ ।