जनकपुर, माघ १३

धनुषामा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ बस्ने २८ वर्षीय रौशन महतो रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको एक टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चौकस्थित शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल १ थान, गोली २ राउण्ड लोड गरिएको र १ थान म्याग्जीन बरामद भएको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बताए ।

पक्राउ परेका आरोपित महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाई थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।