जनकपुर, माघ १६

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ जना आरोपितहरु पर्खालमा दुलो बनाएर फरार भएका छन् ।

आइतबार राति हिरासतको पर्खालमा दुलो बनाएर ६ जना आरोपितहरु फरार भएकाहरुमध्ये दुई जनालाई हातहतियार मुद्दामा दुई दिन अघि मात्रै पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको थियो । त्यस्तै २ जना जना लागुऔषध मुद्दा र २ जना राष्ट्रसेवक बाधा मुद्दाका रहेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।

May be an image of 1 person

फरार हुनेहरुमा हातहतियार मुद्दा चलिरहेका रोशन महतो र शंकर सिंह, लागु औषध मुद्दामा विनोदकुमार शर्मा र अमित मण्डल एवं रोशन यादव र हरिदीप सिंह राष्ट्र सेवक बाधा मुद्दाका आरोपीहरु रहेका छन् ।
हिरासत कक्ष तर्फको भित्ता कमजोर भएकाले सो भित्ता योजनावद्ध तरिकाले प्वाल पारेर अभियूक्तहरु भाग्न सफल भएको धनुषा प्रहरीको दावी छ ।

फरार आरोपीहरुको खोजतलाशमा कुकुर समेत परिचालन गरिएको छ भने ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षकसहित डियूटीमा रहेका प्रहरीलाई तत्काल निलम्बन गरि अनुसन्धान थालिकाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।