जनकपुर, माघ १८

धनुषाको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दीसँगै प्रधानाध्यापकलाई दुव्र्यवहार गरेका छन् ।

धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर–७ धवौलीस्थित एसएनआर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुको एक समूहले दुव्र्यवहार गरेका हुन् ।

प्रधानाध्यापक गोहिवारमाथि भ्रष्टाचार गरेको आरोपमा विद्यार्थीहरुले उनको शरीरमाथि कालो रंग फालेर दुव्र्यवहार गरेका छन् ।

उनीहरुले विद्यालयमा तालाबन्दीसमेत गरेका छन् । विद्यार्थीहरुले प्रधानाध्यापक गोहिवारले चरम लापरबाही गर्ने गरेकाले अर्को प्रधानाध्यापक नआएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने विद्यार्थी सुजितकुमार मण्डलले चेतावनी दिए ।

अभिभावक दीपेश यादवले प्रधानाध्यापक गोहिवार आएदेखि विद्यालयमा अहिलेसम्म अभिभावक भेला नगरेको तथा विद्यालयमा पठनपाठनसमेत केही महिनादेखि अस्तव्यस्त रहेको बताए ।