जनकपुर, माघ २०

यातायात व्यवस्था कार्यालय जनकपुरबाट विचौलियाको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

यातायात कार्यालयमा सेवाग्राहीसँग बार्गेनिङ्ग गरिरहदाँ महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ४ बस्ने ३० वर्षीय आदित्य यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भन्दै आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको गोप्य सूचनाको अधारमा शुक्रबार दिउँसो करिब १ बजे सेवाग्राहीहरूसँग वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।