पर्सा, माघ २१

भालुले आक्रमण गर्दा पर्साको ठोरी गाउँपालिकामा एकै परिवारका दुई जना घाइते भएका छन् ।

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ स्थित रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएका हुन् । उनीहरु दुवै जना श्रीमान श्रीमति हुन् ।

May be an image of 2 people and people standing

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कदैँ गर्दा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई आक्रमणबाट जोगाउनका लागि गएका बिबिलाल पनि घाइते भएको स्थानीय नारायण खडकाले बताए ।

जंगल क्षेत्रबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोटपटक लागेको छ भने बिबिलाल सामान्य घाइते भएका छन् ।