जनकपुर, माघ २४

मधेश प्रदेशमा महिना दिनपछि मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ ।

माओवादी केन्द्रबाट नेतृ सुनिता यादव उद्योग, पर्यटन तथा वन मन्त्रीको रुपमा सम्हालेपछि मधेश प्रदेश सरकारले पूर्णता पाएको हो ।

दस वर्ष माओवादी जनयूद्ध र राजनीतिक यात्रासँगैको अथक प्रयासपछि सुनिता मन्त्री बन्न सफल भइन् ।

पारिवारिक पृष्ठभुमी

तत्कालिन नेकपा माओवादीले थालेको जनयूद्धको तयारी थाल्दै गर्दा ०५१ सालमा नेपाली काँग्रेस र स्थानी प्रहरी–प्रशासनको षड्यन्त्रमा परेर नेता रामवृक्ष यादवको हत्या भयो । शिक्षक समेत रहेका माओवादीका स्थायी समिति सदस्य रामवृक्ष यादवको हत्या भएको केही महिनापछि अर्थात ०५२ फागुन २ गतेबाट माओवादीले जनयूद्धको शंखनाद भयो ।

May be an image of 2 people and text

माओवादीका दिग्गज नेता मास्टरसाहेब नामले परिचित रहेका मास्टर रामवृक्षको हत्यापछि उनकी धर्मपत्नी रामकुमारी यादवले भने आफ्ना श्रीमानको सपनालाई पूरा गर्नका लागि उनी र उनका घरपरिवारसमेत जनयूद्धमा होमिइन् ।
शहिद मास्टरसाहेक रामवृक्षका चार छोरी र एक छोरा छन् । जेठी छोरीहरु बोधमाया यादव, कल्याणी यादव, सुधा यादव, सुनिता यादव र छोरा शेखर यादव । सुनिताको जन्म ०४४ कार्तिक १० गते गाउँमै भयो ।

छोरा शेखर यादव जनयूद्धकालमै ०५८ पुस १५ गतेको दिन संयूक्तसुरक्षा कमाण्डले हत्या गरे भने रामकुमारी यादव मन्त्री छदाँ नै सिलिण्डर विस्फोटनमा परि काठमाण्डौमै उपचारको क्रममा अकालमै मृत्यू भयो । भने सुनिताले लामो समयपछि दोश्रो विवाह पनि गरिन् । उनलाई एक छोरी र एक छोरा पनि छन् । उनको विवाह रौतहटको राजदेवी नगरपालिका वडा नम्बर १० स्थित झुनकुनमा रहेको पथरा गाउँमा बस्ने रामानन्द प्रसाद यादवसँग ०६५ भदौ २८ भयो ।
नेतृ रामकुमारी यादव माओवादी जनयूद्धमा लागेपछि उनीसँगै छोरी र छोराहरुपनि सक्रिय राजनीतिमै लागे । उनको परिवारबाट संघीय सरकारमा रामकुमारी यादव र बोधमाया यादव मन्त्री पनि भईसकेकी छन् ।

राजनीतिक पृष्ठभूमी

May be an image of 4 people, people standing and outdoors

धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित बरमझियामै गाउँकै विद्यालयमा पढिन् । उनी कक्षा ८ मा पढ्दै गर्दा वीचमै पढाई छाड्नु परेको थियो । त्यतिबेला देखि नै उनले बुवाको मृत्युपछि आमासँगसँगै हिडेकी सुनिताले बाल्यकालदेखि नै पार्टी अन्तर्गत रहेको जनवर्गिय संगठनमा बालकलाकारको रुपमा अखिल नेपाल जनसांस्कृतिक संगठनमा काम गरिन् । उनी ०५६ सालमै विद्यार्थी राजनीतिकमा पनि जोडिन् पुगिन् । उनी गाउँकै विद्यालयमा अखिल क्रान्तिकारीको बाल संगठनमा आवद्ध भई ईकाई समितिमा पनि बसिन् ।

अध्ययनको क्रमभंगताले बक्रबाटो लिईरहदाँ समय अनुसार पढ्ने र वीचमै पढाई छाडेर यूद्धको मोर्चामा होमिनुपर्ने बाध्यताले उनलाई जनयूद्धको शान्तिप्रक्रियामा नआउञ्जेलसम्म लखेटिरह्यो ।May be an image of 6 people, people standing, people sitting and tree

जनयूद्धकै क्रममा उनको विवाह सप्तरीमा डम्बरनारायण यादवसँग विवाह भयो । तर विवाह भएको केही वर्ष नवित्दै ०६० पुस २८ गते सुनिताको श्रीमान डम्बरनारायण यादवको सप्तरीको भजकामा षडयन्त्रपुर्वक तत्कालिन शाही सेनाले हत्या गरेको थियो । र उनको श्रीमानको मृत्यूपछि उनी झनै सशक्त हुँदै यूद्धमैदानमै सक्रियतापूर्वक लागिन् ।
उनी अखिल क्रान्तिकारी केन्द्रिय सदस्य, ०६० तर्फ महिला बिभाग सम्म काम गरिन् भने सप्तरी जिल्लाको अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष समेत भइन् ।

त्यसपछि ०६१ म सप्तरी जिल्ला पार्टीको सचिवालय सदस्य हुँदै एरिय ईन्चार्जपनि रहिन् ।

शान्तिप्रक्रिया पछि नेकपा माओवादीभित्र वैचारिक द्वन्द्वले उग्ररुप ग्रहण गर्दै थियो । जुन मोहन वैद्य किरणले गोरखामा भएको लिगलिगे राष्ट्रिय सम्मेलनबाट पार्टी फुटको दिशा तर्फ डोर्यायो । र अन्ततः किरणको नेतृत्वमा पार्टीमा विभाजन आयो । र सुनिता उनीसँगै लागिन् ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग एकीकरण गरेपछि पार्टीको नाम नेकपा माओवादी केन्द्रमा परिणत भयो । पार्टी एकता पछि उनी पोलिटव्युरो समिति सदस्य तथा गैरभौगोलिकको सम्पर्क जिल्ला ईन्चार्जको रुपमा काम गरिन् ।

त्यसपछि नेकपा एमालेसँग एकीकरण भएर गठन भएको नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सम्पर्क जिल्ला अध्यक्षको जिम्मेवारी पाइन् ।

सर्वोच्च अदालतले नेकपा विभाजन गरेपछि पुनः व्यूतिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष छिन् ।

प्रदेशसभा सदस्यदेखि मन्त्रीसम्म

May be an image of 6 people, people standing and indoor

०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा उनी माओवादीबाट मधेश प्रदेशमा प्रदेशसभा सदस्यका लागि समानुपातिकमा निर्वाचित भईन् ।

समानुपातिकबाट प्रदेशसभा सदस्य भएपछि माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा उनले निवर्तमान गृह तथा सञ्चारमन्त्री समेत रहेका संसदीय दलका नेतामा भरतप्रसाद साहलाई सःसर्त मत दिएकी थिइन् ।May be an image of 2 people

तर माओवादीका पोलिटव्यूरो सदस्य साहले सुनितालाई मन्त्रीको रुपमा स्वीकार गर्नु भन्दा आफै मन्त्रीका लागि लालायित भए । जसको कारणले नेता साहले मन्त्री पदको सपथ लिने निर्वारित कार्यक्रममा सरिक हुनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको विवादका कारण रोक लगाए । र पार्टीको केन्द्रित कार्यालयमै बोलाएर मधेश प्रदेशमा कसलाई मन्त्री पदमा पठाउने बारेमा निर्णय गरेपछि टुंगो लाग्न सकेको हो ।

जसको परिणामस्वरुपमा मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रीको जिम्मेवारी सुनिताको काँधमा आउन सफल सक्यो र उनी मन्त्रीको रुपमा सपथग्रहणसँगै पदभार ग्रहणसम्म गर्न पुगिन् ।

No photo description available.