वीरगञ्ज, फागुन २
अन्नपूर्ण पोष्ट दैनिकको मधेश प्रदेश व्यूरो प्रमुख मनिका झालाई गोतामे पत्रकारिता स्वर्ण पदक प्रदान गरिएको छ ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष समेत रहेकी झालाई स्वर्ण पदक प्रदान गरिएको हो । स्वर्ण पदक १ तोलाको रहेको छ ।
सो प्रतिष्ठानले वीरगञ्जको लक्ष्मणवा स्थित जेष्ठ नागरिक पार्कमा कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरेको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रतिष्ठानको तर्फबाट स्वर्ण पदक पत्रकार झालाई प्रदान गरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले काठमाण्डौं बाहिर संघर्ष गरेर समाजमा योगदान पुर्याएका पत्रकारलाई स्वर्ण पदक प्रदान गरेको बताए ।
पत्रकार गोतामेले मोफसलमै बसेर मातृभूमि पत्रिकाको अन्तिम पृष्ठमा लेख्ने गरेका थिए ।
उक्त पुरस्कार यसअघि झापादेखि कञ्चनपुरसम्मका ११ जनालाई पत्रकारलाई प्रदान गरिसकेको अध्यक्ष जगदिश शर्माले जनाएका छन् ।



