एजेन्सी, असोज १०
मानव शरीरले २७ प्रकारको प्रेमका अनुभुति गरिरहेको एक अध्ययनले देखाएको छ ।
शोधकर्ताहरुका अनुसार प्रेमका फरक–फरक अनुभूति र त्यसको तीव्रतालाई एक अध्ययनले देखाएको छ ।
फिनल्याण्डको आल्टो विश्वविद्यालयमा यस विषयमा अध्ययन गरिरहेका शोधकर्ताहरुले यस्तो नक्सा तयार गर्नका लागि सयौं मानिसहरुमा गरिएको सर्भेक्षणको तथ्यांकको प्रयोग गरिएको जनाइएको छ ।
अध्ययन तथा अनुसन्धानको क्रममा ती व्यक्तिहरुबाट २७ किसिमका प्रेमका अनुभवका बारेमा जानकारीहरु संकलन गरिएको शोधकर्ताहरुको भनाइ छ ।
उनीहरुले जनाएअनुसार रोमान्टिक प्रेम, यौनिक प्रेम, मातापिताको प्रेम, साथी प्रतिको प्रेम, अपरिचित प्रतिको, प्रकृतिक प्रतिको, ईश्वरप्रतिको तथा आफैंप्रतिको प्रेम लगायत छन् ।
अध्ययनका क्रममा उनीहरुले आफ्नो शरीरमा फरक फरक खालका प्रेमको अनुभूति तथा शारीरिक तथा मानसिक रुपमा कत्तिको तीव्र रुपमा उक्त महसुस गर्दछन् भनेर पनि सोधिएको थियो ।
सो क्रममा के पत्ता लागेको छ भने फरक फरक खालको प्रेममा कमजोर हुनेदेखि सशक्त हुनेसम्मको एक निरन्तरता देखिन्छ । उक्त शोध फिलोसोफिकल साइकोलोजी नामक जर्नलमा छापिएको बीबीसीले जनाएको छ ।
शोधकर्ताहरुले प्रेमको तीव्र अनुभूति पूरै शरीरमा महसुस गरिने बताएका छन् । उच्च शिक्षा प्राप्त गरिरहेका युवती महिलाहरुले दिएका प्रतिक्रियाहरुबाट त्यो तथ्य पत्ता लागेको थियो ।
उक्त अध्ययनका संयोजक दार्शनिक पार्टिली रिनेले खासै अनौठो मान्नुपर्ने कुरा नरहेपनि अध्ययनको क्रममा निकट सम्बन्धमा जोडिएको प्रेमको अनुभूति एकै खालको हुनाले सबैभन्दा तीव्रताका साथमा महसुस गरिएको बताए ।
यस सर्भेमा भाग लिनेहरुलाई मानव शरीरको एउटा आकृतिमा रंग भर्न लगाइएको थियो ताकि शरीरको कुन हिस्सामा कस्तो खालको प्रेमको अनुभूति पैदा हुन्छ र शारीरिक र मानिसक रुपबाट उनीहरुले भिन्नभिन्न तरिकाले कस्तो महसुस हुन्छ ? अनि त्यो अनुभूति कत्तिको सुखद् थियो र स्पर्शसँग त्यसको सम्बन्ध के थियो भन्ने कुरा उनीहरुले बताउन सकून् ।
अन्तिममा उनीहरुलाई प्रेमका प्रकारहरु मध्ये सबैभन्दा नजिकको प्रकारलाई रेटिङ गर्न पनि भनिएको थियो ।
रिनेकाले जनाएअनुसार प्रेमका त्यस्ता प्रकारहरु जो विशेष गरी एक अर्कासँग नजिक हुन्छन्, त्यसमा यौनिक तथा रोमान्टिक पहलु हुन्छन् ।
शोधकर्ताले सबै प्रकारका प्रेमलाई टाउकोमा सर्वाधिक महसुस गरिएपनि यसको तीव्रता शरीरका विभिन्न भागमा फरक–फरक महसुस हुनेहुनाले कसैको असर छातिमा हुन्छ भने कतिलाई पूरै शरीरभर महसुस गरिने गरिएको बताए ।
यसको असर तथा प्रभाव हृदयदेखि मस्तिष्कसम्म पर्ने गरेको समेत देखाइएको छ ।
रिनेले भावनको शारीरिक तथा मानिसक तीव्रता तथा यसको सुखद् अनुभूतिबीच प्रमाणित सम्बन्धका बारेमा पत्ता लाग्नु पनि रुचिकर कुरा पत्ता लागेको बताए ।
सम्भवतः अपरिचितहरुका लागि प्रेम सोचविचारको प्रक्रियासँग जोडिने भएकाले यस्तो हुन्छ । शिरमा सुखद अनुभूतिको अनुभव हुने भएकाले पनि त्यस्तो हुनसक्ने छ ।
शोधकर्ताका अनुसार यस सम्बन्धी थप खोज आवश्यकता रहेको छ । यसका साथै प्रेममा सांस्कृतिक अन्तरको पनि अहम् भूमिका हुनेतर्फ समेत शोधकर्ताहरुले ध्यान दिएका छन् ।
रिनेले भने, ‘यदि यहीँ अध्ययन धेरै धार्मिक समुदायमा गरिएको भएमा ईश्वरप्रतिको अनुभूतिवाला प्रेम अधिक तीव्र हुनेथ्यो ।’
त्यस्तै आमाबुवाको नाता हो भने मानिसहरु आफ्ना सन्तानका लागि सबैभन्दा धेरै प्रेम अनुभूति गर्ने गर्दछन् । –बीबीसीको सहयोगमा