जनकपुर, फागुन २१

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने धार्मिक पर्यटन भ्रमणमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइपुगेका छन् ।

शनिबार मधेस प्रदेश सरकारको निमन्त्रणामा १८ सदस्यीय प्रतिनिधि टोलिसहित मुख्यमन्त्री पोखरेल जनकपुरधाम आएका हुन् ।
आजदेखि साताको तीनसम्म चल्ने बुद्ध एयरबाट पोखरादेखि जनकपुरधाम मुख्यमन्त्री पोखरलेसहितका टोली आएका हुन् ।
बिमानस्थलमा ओर्लिएपछि मुख्यमन्त्री पोखरेलाई मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायतका टोलीले स्वागत गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसंग जोड्नका लागि भ्रमण अवलोकन र दिर्घकालिन योजना बनाइने बताए । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको समेत बताए ।

No description available.
मन्त्री महतोले मधेस भवनमा मुख्यमन्त्री पोखरेलसहितको टोलिलाई खाना खुवाउने, नेपाल रेल्वेको अवलोकन, धार्मिक स्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम जानकारी दिए ।

उनले साँझ ५ बजे सीतासरण होटेलमा मुख्यमन्त्री पोखरेलको स्वागतमा कार्यक्रम आयोजन गरिएको बताए । मुख्यमन्त्री पोखरेललाई आज राति बास बस्ने वन्दोवस्त पनि सीताशरण होटेलमै रहेको उनले बताए ।

आइतबार विहान जानकी मन्दिरको दर्शन, पूजाअर्चना गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले गर्ने छन् भने आइतबार बिहान १० बजे बर्दिबासमा उनको स्वागतमा कार्यक्रम आयोजना गरिएको मधेश प्रदेश सरकारले बताएको छ ।
त्यसपछि मुख्यमन्त्री पोखरेलसहितको टोली भ्रमणका लागि सर्लाहीको भरत ताल र नुनथर, बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुरधाम फर्किने योजना रहेको मन्त्री महतोले बताए ।

No description available.

त्यस्तै मुख्यमन्त्री पोखरेल सोमबार विहान महोत्तरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको धार्मिक भ्रमण कार्यक्रम रहेको उनले बताए । मुख्यमन्त्री पोखरेल सोमबार विहान विमानबाट पोखरा फर्किने कार्यक्रम रहेको उनले बताए ।

No description available.

No description available.