जनकपुर, भाद्र १२
समाजका एक गुमनाम व्यक्तित्व जसले समाजका लागि आफ्नो स्वास्थ्य जोखिमलाई समेत बेवास्ता गर्दै समाजसेवामै लागि रहे । जसले समाजलाई स्वास्थ्य राख्नदेखि समाजका गरिब तप्काका जनताका लागि आहार वितरणको कार्यसम्म लागि रहे ।
कोरोना भाईरस संक्रमणकालको प्रारम्भिक चरणमा समाजलाई सचेतनासहित गरिब निमुखा र दलित जनतादेखि समाजका अधिकांश सक्रियरुपमा कार्य गर्ने संघसंस्थालाई आवश्यक खाद्यान्न सामग्रीसहित स्वास्थ्य सामग्रीसमेत वितरण गर्नबाट पछि हटेनन् । समाजको विकासका लागि भौतिक निर्माणका कार्यबाट समेत अघि बढ्दै अग्रसरता लिन चुकेनन् ।
धनुषाको दक्षिणवर्ति क्षेत्र अवस्थित सुनिल झा ‘मिन्टन’ ले कोरोना संक्रमण कालदेखि समाज विकासका लागि दलित वस्तीमा खाद्यान्न वितरण, वर्तन वितरण, समाजलाई स्वास्थ्य राख्नका लागि मास्क, सेनिटाइजर, स्वास्थ्य सामग्रीसहितका वितरण, समाजमा भौतिक निर्माणका लागि मन्दिरदेखि बाटोघाटो निर्माणबाट समेत पछि कहिल्यै पनि हटेनन् । बरु उनी सधैँ अग्रसरता लिई आमजन र समाजमा सधैँ सक्रिय छन् ।
नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघबाट प्रारम्भिक राजनीतिक आरम्भ गरेका सुनिल ‘मिन्टन’ अहिले काँग्रेसको क्रियाशील सदस्य छन् । उनी आन्तरिकरुपमा सधैँ नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई समेत सहयोग गर्दै मौनतासहित महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेका छन् ।
उनी काँग्रेसमा समेत आफ्नो समाजप्रतिको जवाफदेहीतालाई लिएर गौण नै रहने गरेको काँग्रेसीजनको भनाई छ ।
धनुषाको क्षेत्र नम्बर ३ मा मात्र नभई मुलुक भरमै आफ्नो अलग्गै पहिचान र छाप छोड्न सफल रहेका सुनिल ‘मिन्टन’ लाई लिएर अहिले निकै छलफल र बहस हुने गरेको काँग्रेसका एक नेताले जानकारी दिए ।
नेता निधिले आफु प्रत्यक्षरुपमा निर्वाचन नलड्ने घोषणा गरेसँगै काँग्रेसले धनुषाको क्षेत्र नम्बर ३ मा अबको नेता को भनेर प्रश्न गर्न थालेपछि सुनिल ‘मिन्टन’ को नाम अघि आएको बताइएको छ ।
उनको नाम काँग्रेस भित्र सार्वजनिक भएलगत्तै सुनिल ‘मिन्टन’ लाई नेता निधिको उत्तराधिकारीको रुपमा समेत लिन थालिएको छ । भने उनी नै यस पटक काँग्रेसबाट नेकपा एमालेकी पोलिटव्यूरो सदस्य समेत रहेकी पूर्वमन्त्री जुली महतोलाई टक्कर दिने भएका छन् ।
समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका समाजसेवी नेता सुनिल ‘मिन्टन’ लाई लिएर विभिन्न खाले टिकाटिप्पणी भईरहदाँ उनी धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने अड्कलवाजी समेत हुन थालेको जनाइएको छ ।
तर यसबारे भने समाजसेवी तथा नेता सुनिल ‘मिन्टन’ले भने आफुलाई उम्मेदवारी बारे केही पनि जानकारी नरहेको बताए । उनले अझै स्पष्ट पार्दैँ भने, ‘ खो कसले के भन्यो, मलाई थाहा छैन, म कहाँ मेरो बारेमा के टिकाटिप्पणी भईरहेको छ, त्योपनि थाहा भएन, तर समाजका लागि आफु सधैँ अग्रसर रहने छु ।’
उनले अघि थप्दैँ भने, पार्टीले दिएको जिम्मेवारी पूरा गर्नबाट आफु पछि हट्ने छुइन ।’