जलेश्वर, फागुन २१

मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने छन् । त्यसका लागि मटिहानी नगरपालिकाले मिथिला माध्यमिक परिक्रमा यात्रीको स्वागतमा आईतबार सार्वजनिक विदा दिएको छ ।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आईतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरभर सार्वजनिक विदा दिएको नगरप्रमुख हरप्रसाद मण्डलले जानकारी दिए । उनका अनुसार विदाका दिन विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने छ ।

No description available.

धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरु फुलहर पुगेका छन् ।

आइतबार मटिहानी हुँदै जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णीमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरि समाप्त भएको छ ।