जनकपुर, फागुन २१

मधेस प्रदेशको प्रदेशसभा बैठक चैत ९ गते बस्ने भएको छ ।

तेस्रो पटक स्थगित भएको जानकारी गराउँदै चैत ९ गते दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

आइतबार बोलाइएको बैठक चैत ९ गते १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए ।

 

यस अघि फागुन १ गते र १० गते बोलाइएको बैठक स्थगित गरिएको थियो ।

फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरुको सम्मेलनमा पोखरा गएका थिए ।

सचिव यादवले नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गणडकी प्रदेशका मुख्यमन्त्री लागयतका व्यक्तिहरु मधेश प्रदेश भ्रमणमा रहेकाले बैठक स्थगित गरिएको बताए ।