
बारा, फागुन २१
बाराबाट सिमावर्ती क्षेत्र नेपाल हुँदै भारततर्फ लैजाँदै गरेको प्रतिवन्धित गाजा भारीमात्रामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
शुक्रबार राति १० बजे बाराको देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती पसहा खोलास्थित नेपाल भारत सीमा क्षेत्रबाट ८ पोका गरी १२० किलोग्राम गाजा बरामद भएको हो ।
भारततफै लैजान लागेको ८ वटा प्लास्टिकको पोकामा प्याक गरेको १२० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
विओपी दक्षिणझिटकैयाबाट सहायक प्रहरी निरीक्षक चन्द्र बहादर एस्लामी मगरको कमाण्डमा मोटरसाइकलमा खटेको ६ जनाको गस्तीको टोलीले सो परिमाणको गाजा बरामद गरेको हो ।
प्रहरीलाई देख्ने बितिकै मानिसहरुले सो गाजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।