
जनकपुर, फागुन २१
जनकपुरधामको एक बजारमा आगो लाग्दा करोडौँ मूल्य बराबरको क्षती भएको छ ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित पेठिया बजारमा एक खाद्यान्न गोदाममा आगलागी हुँदा करोडौ मूल्य बराबरको क्षति भएको हो ।
जनकपुरधामको पेठिया बजारमा रहेको बद्री साहको खाद्यान्न गोदाममा शुक्रबार अबेर राति अगलगी हुँदा करोडौँ मूल्य बराबरको क्षति भएको छ ।
पेठिया बजारमा रहेको आरभ ट्रेडर्स न्यू संघर्ष स्टोर्समा मध्यरातिमा एकाएक आगलगी भएको थियो । आगलगी भए लगत्तै बद्री साहले जनकपुरधाम उपमहानगरका साथै उपमहानगरका प्रमुखलाई वारुण यन्त्र पठाई दिन आग्रह गरे ।
तर उपमहानगरले घण्टोसम्म वारुण यन्त्र नपठाई दिँदा करोडौ मूल्य बराबरको क्षति भएको उनले दावी गरे ।
उपमहानगरमा वारुणयन्त्र हुँदा हुँदै स्थानीयले आगलगीको समयमा यस प्रकारको पीडा भोग्नु पर्दा एकदमै दुःख लागि रहेको अमर कुृमार साहले आक्रोश पोखे ।
सो स्टोरमा चामल, दाल, मसाला लगायतको खाद्यान्न सामाग्रीहरु गोदाममा रहेको थियो ।