जनकपुर, फागुन २१

महोत्तरीको एकडरा गाउँपालिकामा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वडा स्तरीय कार्यकत्ता भेला गरेको छ ।

शनिबार भएको कार्यकर्ता भेलामा लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले देशमा मधेशी समुदायसंग भेदभाव कायमै रहेको बताए ।

 

उनले भेदभाव विरुद्ध लोसपा पीडित पक्षको सम्मानका लागि सधै प्रतिवद्ध रहेको बताए । राष्ट्रिय संरचनामा होस् वा मधेशीहरुको हक अधिकारहरुका लागि लोसपा अग्रसर रहेको नेता भण्डारीले बताए । लोसपा उत्पिडित वर्ग र मधेशिहरुको भरोसाको एकमात्र केन्द्र रहेको दावी गरे ।

मधेशबाट पटक पटक जितेर सरकारमा गएको विभिन्न पार्टीहरुले जनताको भरोसा नरहेको उल्लेख गर्दै पूर्व मन्त्री समेत रहेका वरिष्ठ नेता भण्डारीले आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागि लड्दै गरेको र अझैपनि अगामी दिनमा समेत लड्ने प्रतिबद्धता व्यक्त बताए  ।