बर्दिबास, फागुन २१

महोत्तरीको बर्दिबास स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा विपरित दिशातर्फबाट जाँदै गरेको सवारी एक आपसमा ठोक्किदा चार जना घाइते भएको छ ।

शनिबार बर्दिबास नगरपालिका वडा नम्बर ५ स्थित जंघा पुलमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् ।
दुर्घटनामा परीतीन जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था चिन्ताजनक रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

 

बर्दिबास हुँदै सर्लाही तर्फ जाँदै गरेको ना३ख ६९६४ नम्बरको ट्रक र विपरित दिसाबाट भुस लोड गरेको प्र १–०२–००१ ख ९०९७ नं. को ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

कन्टेनर चालक ललितपुर माहाकाल गाउँपालिका वडा नम्बर ३ बस्ने ४२ वर्षीय राजु लामाको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । घाइते लामाको बर्दिबास स्थित शुभ स्वस्तिक हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जनाइएको छ ।

त्यस्तै ट्रकमा सवार सर्लाहीको ईश्वरपुर वडा नम्बर १२ स्थित घाँरीबथान बस्ने २२ की सुजता खड्काको टाउकोमा चोट लागेको छ ।

ट्रकका चालक बर्दिबास वडा नम्बर ३ बस्ने ३० वर्षीया रुमेश बराइली र सहचालक निरज परियारको शरीर र टाउकोमा चोट लागेको जनाइएको छ ।

उनीहरुको बर्दिबास स्थित अस्पतालमा भइरहेको उनले बताए ।