रौतहट, फागुन २१
नेकपा एमाले निकट प्रेस चौतारी नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनबाट फणी महतको नेतृत्वमा प्रदेश कार्य समिति गठन भएको छ ।
सो समितिको उपाध्यक्षमा अनिल तिवारी, महिला उपाध्यक्ष अर्चना परियार र महासचिवमा गौतम श्रेष्ठ रहेका छन् भने सचिवमा ग्यासु मिया देवान, भगलु मण्डल र कोषाध्क्षमा जितेन्द्र साहलाई सर्वसम्मतरुपमा चयन गरिएको जनाइएको छ ।
त्यस्तै सदस्यहरुमा कन्हैया गुप्ता, निरन्ज मिश्र, श्याम कुशवाहा, शम्भु महतो , लक्ष्मी खरेल, भवानी सुवेदी, सपना ढकाल, बिना राउत, पिन्टु यादव, नविन साह, भगवती चौधरीलगायत रहेका छन् ।
त्यस्तै गोकुल घोरसाइने, अर्जुन थपलिया, शंकर श्रेष्ठ, संजय मिश्र, रेणु चौधरी र जिवच्छ चौधरी सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको प्रदेश समितिका प्रतिनिधि समेत रहेका प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामतले जानकारी दिए ।