
जनकपुर, फागुन २१
राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ यूवा संगठनमा मुन्नु झालाई सर्वसम्मरुपमा चयन गरिएको छ ।
शनिबार जनकपुरधाममा भएको भेलाबाट राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठन धनुषा जिल्ला युवा कमिटी सर्वसम्मत चयन गर्दै अध्यक्षमा मुन्नु झाको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मतरुपमा चयन गरिएको हो ।
जनकपुरधाम सहित मधेस प्रदेशमा हिन्दु धर्मको संरक्षण तथा विकासको अभियान संचालन गर्दै आएका मुन्नु झा अध्यक्ष र सचिवमा सुदिप झालाई चयन गरिएको छ ।
त्यस्तै उपाध्यक्षमा सुष्मा कुमारी, सोमनाथ रोहिता यादव र रोकश प्रसाद साह चयन गरिएको छ भने सहसचिवमा रञ्जन कुमार झा, कोषाध्यक्षमा रोहन सिंह राजपुत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा श्रवण कुमार अजित कर्ण, सर्वण झा, अकवर साफी, रवी राय, कौशल मिश्र चयन भएका छन् ।
सो भेलामा राप्रपाका केन्द्रिय सदस्य मनोज मल्ल ठकुरी, जिल्ला सभापति रामचन्द्र यादव, उपाध्यक्ष मो दाउद , क्षेत्रीय सभापति असर्फी झा, नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह, नगर सचिव नविन झा सहितकाहरुको समेत उपस्थिति रहेको थियो ।