जनकपुर, फागुन २१

जन्मसिद्धका सन्तानलगायतकाले लामोसमयदेखि नागरिकता नपाएपछि अनागरिक भई रहनु पर्दा निकै पिडाबाट गुज्रिनु परिरहँदा राज्यसंग नागरिकता माग्दै आन्दोनल थालेका छन् ।

 

शनिबार धनुषाको ढल्केवरमा नागरिकताविहीन संर्घष समिति नेपालले नागरिकताका लागि सरकार विरुद्ध आन्दोलित भएका हुन् ।

जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गदै प्रदर्शनकारीहरुले सात दिने आन्दोलन सुरु गरेका छन् ।

नागरिकताविही संर्घष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजित साफीको अगुवाईमा नागरिकता माग्दै ढल्केवर स्थित पूर्व-पश्चिम लोकराजमार्ग अवरुद्ध गर्दै सडकमै प्रदर्शन गरेका थिए ।

No description available.

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने र आमाको नामबाट समेत नागरिकता दिनुपर्ने मागसहित दबाबमूलक सात दिने आन्दोलन गर्नुपरेको केन्द्रिय संयोजक साफीले बताए ।

संयोजक साफीले संविधान जारी भएको पाँच वर्ष वित्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको बताए ।