
वीरगंज, फागुन २२
पर्सामा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत जिल्ला पश्चिम चम्पारण सोनखर पञ्चायत– १३ रामनगर बस्ने २९ वर्षीय सन्दीप पटेल र २५ वर्षीय प्रेम पटेल रहेका छन् ।
पर्सा प्रहरीले उनीहरुलाई गएराति ठोरी गाउँपालिका वडा नम्बर ३ स्थित सिकारीबास स्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको पर्सा सशस्त्र प्रहरीले जनाएको छ ।
बी.आर. ०६ यू.५८७३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारत तर्फ लैजाँदै गरेको अवस्थामा पाँच किलो गाँजासहित दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगरले जनाए ।
पर्सा प्रहरीका अनुसार दुबैजनाको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद भएको छ ।
आवश्यक कारबाहीका लागि थप अनुसन्धान भईरहेको जनाइएको छ ।