एजेन्सी, फागुन २२

ऋतिक रोशनको फेरीपनि विवाह हुने चर्चा अहिले चुलिएको छ ।

ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ ।

यसैबीच ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको सम्बन्धको निकै चर्चा चलेको छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् ।

 

भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच भेट भएको थियो र बिस्तारै दुई जनाले आफ्नो सम्बन्धलाई अगाडि बढाइरहेका छन्। मिडिया रिपोर्टअनुसार ऋतिकले साबासँगको आफ्नो सम्बन्धलाई अर्को तहमा लैजाने योजना बनाएका छन् । बलिउडलाइफका अनुसार यी दुई एकअर्काप्रति ुअत्यन्त गम्भीरु छन् र छिट्टै विवाह गर्ने योजनामा छन् ।

दुई जनासँग निकट रहेका एक मित्रले भारतीय मिडियासँग कुरा गर्दै भने, ‘ऋतिक साबालाई लिएर लागि एकदमै गम्भीर छन् । उनी यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छन्। उनले विवाह गर्ने योजना छ । तथापि, अहिलेसम्म केही निर्णय गरिएको छैन ।’

उनले थपे, ‘दुई जना अत्यन्तै खुसी छन् र एकअर्कालाई अझ बढी चिन्न धेरै समय सँगै बिताइरहेका छन्। हालै मित्र फरहान अख्तर र शिबानी दान्डेकरको विवाहमा उपस्थित भएका ऋतिक निकै खुसी देखिन्थे ।’