जनकपुर, फागुन २२

उम्मेदवार बनेसंगै स्थानीय तहका जनप्रतिनिधिको पद स्वतः निष्क्रिय हुने छन् ।

स्थानीय तहका जनप्रतिनिधिले वैशाख ३० गतको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अस्वीकार गरेको छ ।

 

अस्वीकार गरेपछि अब उम्मेदवार बनेपछि जनप्रतिनिधि पद निष्क्रिय हुने व्यवस्था गरिने तयारी हुँदैछ ।

निर्वाचन आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरुले स्थानीय तहको कुनै पनि पदमा उमेद्वार हुन चाहे राजिनामा दिनुपर्ने र त्यसको निस्सा (प्रमाण) उम्मेद्वारीसँगै पेश गर्नुपर्ने प्रावधान थियो ।

तर कानुनी धरातल विना निर्वाचन आयोगले आचारसंहिता मार्फत यस्तो प्रस्ताव ल्याएको भन्दै मन्त्रालयले परिमार्जनका लागि फेरि आयोगमा फर्काउने तयारी गरेको जनाइएको छ ।

मन्त्रालयले आयोगका पदाधिकारीहरुलाई यसबारे अनौपचारिक रुपमा जानकारी गराइसकेको छ भने आचारसंहिताको मस्यौदा परिमार्जनका लागि समेत फिर्ता पठाउने तयारी भईरहेको छ ।