जनकपुर, फागुन २२
दलको आधारमा निर्वाचनमा चुनाव चिन्हबाट निर्वाचन आयोगले वञ्चित गरेको भन्दै तराई मधेश लोकतान्त्रिक पार्टीले अनुचित कार्य रहेको ठहर गरेको छ ।
आइतबार तमलोपाका केन्द्रिय अध्यक्ष वृषेशचन्द्र लालले एक विज्ञप्ति जारी गर्दै दलीय आधारको निर्वाचन अभ्यासमा दलको आफ्नो चुनाव चिन्ह लिनबाट बाधित गर्नु पूर्णतः अनुचित रहेको ठहर गरेको हो ।
पूर्वराष्ट्रियसभा सदस्य समेत रहेका अध्यक्ष लालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय तहमै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह जनताको बीचमा लग्न नपाउनु भनेको राजनीतिक दलको आधार खडा गर्नबाट जडोमा नै बलात् रोक्नु हो । यस्ता त्रुटिपूर्ण कानून तत्काल समास गर्ने गरी कानूनी निकास प्रदान गर्न तराई–मधेश लोकतान्त्रिक पार्टी माग गर्दछ ।’
उनले अघि थप्दैँ विज्ञप्तिमा भनेका छन्, ‘सिमित दलले मात्र निर्वाचन, देशको राजनीतिक प्रणाली र राज्य–व्यवस्थामा भाग लिन पाउने गरी गरिएको कुनै पनि व्यवस्था स्वतः अमान्य हुने धारा २७० को (२) को मर्म रहेको तमलोपाको ठहर छ ।’
सो विज्ञप्तिमा ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को २६ को (६) र (७) बहुदलीय लोकतन्त्रको मान्य सिद्धान्तको विपरित मात्र नभई संविधानको भावना र मर्मको प्रतिकूल पनि हो ।’