राजविराज, फागुन २२

सप्तरीको मलेठमा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएको ५ वर्ष पुरा भएको छ । यस शोकको अवसरमा सप्तरीको राजविराज नगरपालिकाले एक दिने विदाको घोषणा गरेका छन् ।

 

मधेश आन्दोलनको क्रममा मलेठमा प्रहरीको गोली लागेर मारिएका ५ जनाको स्मृतिमा राजविराज नगरले राजविराजलगायत मातहतमा रहेका सम्पूणर् कार्यालयहरु विदा रहने नगरप्रमुख शम्भु प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानको कार्यक्रम गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा राखेपछि तत्कालीन मधेसी मोर्चाले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

एमालेले अभियान प्रारम्भ गर्दा मधेशी मोर्चा राजपाभित्रका तत्कालीन ६ दल र तत्कालीन फोरम नेपालले सप्तरीमा कार्यक्रम हुन नदिने जनाएको थियो ।

एमाले कार्यक्रम गरेरै छाड्ने र मधेशी मोर्चा हुन नदिने अडानका बीच भएको कार्यक्रमले हिंसात्मक मोड लिएको थियो ।

सोही क्रममा प्रहरीको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।

No description available.