राजविराज, फागुन २२
सप्तरी काँग्रेसको स्थगित गरिएको निर्वाचन मंगलबार हुने भएको छ ।
विवादका कारण स्थगित भएको नेपाली कांग्रेस सप्तरीको निर्वाचन मंगलबार हुने भएको हो ।
दुई समुह वीचको विवादका कारण शनिबार भएको निर्वाचन स्थगित भएको थियो । स्थगित भएको निर्वाचनस्थल परिवर्तन गरिएकाले मंगलबार गरिने निणर्य भएको निर्वाचन समिति सप्तरीले जनाएको छ ।
यसअघि रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा निर्वाचन भएको थियो । तर अब राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा मंगलबार निर्वाचन हुने भएको छ ।
शनिबार ६०० मत खसिसकेको अवस्थामा संस्थापन र संस्थापन इतर पक्ष वीचका कार्यकर्तामा विवाद उत्पन्न भएपछि मतपत्रसमेत च्यातिएको थियो ।
सप्तरी काँग्रेसमा दुई हजार ५३७ जना मतदाता छन् ।
संस्थापन पक्षबाट शत्रुद्यन यादव सभापति पद प्यालन सहितका उम्मेदवार छन् भने संस्थापनइतर पक्षबाट रामदेव साहले प्यानलसहित उम्मेदवारी दिएका छन् ।