
सर्लाही, फागुन २३
नेपाली कांग्रेस सर्लाहीको १४ औँ अधिवेशन अन्तर्गतको जिल्ला निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन पूनः अनिश्चित बनेको छ ।
निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले एक सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएका हुन् । उनले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएका हुन् ।
सोमबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको जानकारी गराइएको हो ।
निर्वाचन समितिले निर्वाचन स्थगित गरेपछि मतदान स्थल बाहिर कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।