सिरहा, फागुन २३
सिरहा काँग्रेसको निर्वाचन एक विद्यालयमा हुँदैछ । पठन पाठन नै ठप्प पारी सर्लाही काँग्रेसले १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन गरिरहँदा अहिले काँग्रेसको व्यापक आलोचना भएको छ ।
सामुदायिक विद्यालयको पठनपाठन नै बन्द गरी नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन सिरहाको गोलबजारमा मतदान हुँदैछ ।
विद्यालय बन्द गरी भइरहेको मतदान सम्बन्धमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई अवरोध गरिएको छ ।
समाचार संकलन गर्न पुगेका पत्रकारलाई मतदानको रिपोर्टिङमा प्रहरीले अवरोध गरेपछि सञ्चारकर्मीहरु आन्दोलनमा उत्रेके छन् ।
लोकतान्त्रिक पार्टीको जिल्ला अधिवेशनको समाचार संकलनमा अवरोध भएपछि पत्रकारहरुले क्यामेरा लगायतका सञ्चार सामग्री राखेर आन्दोलनमा उत्रेका छन् ।
अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकोले पत्रकारलाई विद्यालयको परिसर वाहिरैवाट समाचार संकलन गर्न सकिने भनेर रोक्न खोजेको ग्यालेक्सी टेलिभिजनका सिरहा संवाददाता विनय यादवले बताए ।
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्र कुमार कामतिको नेतृत्वमा विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरू काँग्रेसको गलत कार्यको विरोधमा धर्ना समेत बसेका थिए ।
नेपाल पत्रकार महासंघ मधेश प्रादेशिक समितिका अध्यक्ष राजेशकुमार कर्णले समेत एक विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् ।