जनकपुर, फागुन २३

जनकपुरधाममा शनिबार साथीले पेस्तोल देखाउने क्रममा अर्का साथीलाई गोली हानेर भाग्ने क्रममा धनुषा प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित शिवपुर बस्ने अन्दाजी २५ वर्षीय रुपेश यादव रहेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

अभियूक्त यादवले साथी मुकेशलाई मामाको पसलमा पेस्तोल देखाउनका लागि ल्याइएको थियो । सो पेस्तोल एक्कासी चलेपछि मुकेश गम्भिर घाइते भएको थियो । उनी घाइते भएपछि अभियूक्त यादव भागेका थिए । भाग्ने क्रममा अभियूक्तलाई पक्राउ गरि सार्वजनिक गरेका छन् ।

आइतवार साँझ घटना पश्चात भारत तर्फ भाग्दै गर्दा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर ४ स्थित नेपाल–भारतको सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता समेत रहेका समेत रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

शनिवार राति कमला नगरपालिका वडा नम्बर ८ मा घर भई जनकपुरधाम वडा नम्बर १९ मा मामा घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो ।

धनुषा प्रहरीले अनुसन्धान गर्ने क्रममा गोली लागेका मुकेश मुखिया र गोली हान्ने रुपेश यादव दुवै जना मिल्ने साथी रहेको खुलेको छ । घाइते मुकेश मामाको किराना पसलमा बसिरहेको अवस्थामा अभियूक्त रुपेशले उनलाई पेस्तोल देखाउनका लागि पसलमै ल्याएको थिया । सोही पेस्तोलबाट गोली चल्दा मुखिया सख्त घाइते भएको प्रवक्ता बस्नेतले बताए ।

उनले दुवै जना साथी नै रहेको र दुवैवीच कुनै विवाद नरहेको भन्दै खेलाँचीकै क्रममा गोली लागेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता बस्नेतको भनाइ छ ।

गम्भिर घाईते मुकेशको उपचार काठमाण्डाँै स्थित नर्भिक अस्पतालमा भईरहेको छ ।