जनकपुर, फागुन २३

सीके राउत नेतृत्वको जनमत पार्टी आगामी ३० वैशाखमा हुनका लागेको स्थानीय तहको निर्वाचनको तयारी थालेका छन् ।
जनमतका केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकबाट यस्तो निर्णय गरेको जनाइएको छ ।

 

जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने सो बैठकबाट निर्णय भएको जनाइएको छ । सोको जिम्मेवारी हरेक जिल्ला कार्यकारिणी समितिलाई दिइएको जनाइएको छ ।

जिल्ला कार्यकारिणी समितिका पदाधिकारी र सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने छ ।

किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात चैत ५ गते पछि घोषणा गर्ने निर्णय समेत बैठकबाट गरिएको छ । यसअघि फागुन २० गतेसम्म आन्दोलन भएको थियो ।

तराई मधेशको २० वटा जिल्लामा भएको माटो संकलन यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने यस बैठकबाट निर्णय भएको जनमत पार्टीले जनाएको छ ।