जनकपुर, फागुन २३

हँसपुर नगरपालिकामा एक कर्मचारीलाई सरुवा गरि अर्का कर्मचारी अधिकारीलाई ल्याएपछि असन्तुष्ट बनेका कर्मचारीलाई अदालतले सोही नगरपालिकामा कामकाज गर्न आदेश दिएको छ ।

केहि दिन अघि धनुषाको हँसपुर नगरपालिकाको कार्यपालिकाको कार्यालयबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीलाई सोही नगरपालिकामा कामकाज गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि सर्वोच्च अदालतमा प्रशाकीय अधिकृत अधिकारीले सो मन्त्रालय, हँसपुर नगरपालिका र मधेश प्रदेश सरकारलाई विपक्षी बनाएर रिट दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले कर्मचारी समायोजन ऐन २०७५ को दफा ९९९० बमोजिम प्रदेश वा स्थानीय तहले माग गरेको अवस्था नरहेको र निवेदक हँसपुर नगरपालिकाको प्रशासकीय अधिकृत भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४९३० र ९४०ले नेपाल सरकारले खटाएको अवस्था समेत भएकोबाट निवेदकलाई हाल कार्यरत रही आएको हंसपुर नगरपालिका धनुषामा नै प्रमुख प्रशासकीय अधिकृतको पदभारमा रही कामकाज गर्न दिन विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९९२० बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।