बारा, फागुन २४
बारामा विपरित दिसा तर्फबाट आईरहेको मोटरसाइकल अर्को मोटरसाइकलमा टक्राउँदा पाँच जना घाइते भएको छ ।
बारा– कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा एक आपसमा टक्राउँदा भएको दुर्घटनामा ५ जना घाइते भएका हुन् । ५ जनामध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।
कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।
घाइते हुनेहरुमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २६ वर्षिया निभा पटेल, अर्को मोटरसाइकलका चालक फेटा गाउँपालिका १ भलुही बस्ने १९ वर्षीय प्रदीप कुमार दास, सोही मोटरसाइकलमा पछाडि सवार भलुहीकै २० वर्षीय रोहित कुमार दास, १९ वर्षीय रामविनय दास घाइते भएको डिएसपी थापाले बताए ।
घाइते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाइकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरूको वीरगन्ज स्थित एक निजि अस्पतालमा उपचार भइरहेको छ ।
दुई जना घाइतेहरू रोहित तथा रामविनयको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।