एजेन्सी, फागुन २४
रुसले तेह्रौ दिनदेखि युक्रेनमा घातक आक्रमण जारी राखेको छ ।
रुसको प्रमुख निशानामा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की छन् । उनले यसअघि तीन पटकसम्म हत्या प्रयास भएको समाचार सार्वजनिक भएका छन् ।
यद्यपि त्यो योजनालाई युक्रेनी सेना र स्वयंसेवक लडाकुले विफल बनाएको बताए ।
गत शनिबार युक्रेनका राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधनको क्रममा यो आफ्नो अन्तिम उपस्थिति हुनसक्ने भन्दै भावुक सम्बोधन गरे ।
सो सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनलाई सीबीएस समाचार च्यानलको एक अन्तरवार्तामा प्रश्न सोधियो– यदि रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की मारिए भने के हुन्छ होला ? यस प्रश्नको जवाफमा ब्लिंकनले भनेका छन्– युक्रेन सरकारसँग आकस्मिक योजना छ । यसबारे म विस्तारमा भन्न चाहन्न ।
उनी अघि थप्दैँ भने– हामी यो कुराको तय गर्ने छौं कि युक्रेन सरकारलाई सत्तामा राखिराख्न के गर्नुपर्छ । यो कुरा ममाथि छाड्दिनुस् ।
अमेरिकी विदेशमन्त्री ब्लिंकनले जेलेन्स्की नेतृत्वको सरकार रुसविरुद्ध डटिरहेको र युक्रेनी जनताले गजबको साहस देखाएको भन्दै प्रशंसा पनि गरे ।
२४ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । आक्रमणको अमेरिकासहित पश्चिमा मुलुकहरुले विरोध गर्दैै रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका छन् ।