
महोत्तरी, फागुन २४
महोत्तरीमा सुमो र मोटरसाइकल ठोक्किदा एक बालकसहित दुईको मृत्यू भएको छ ।
महोत्तरीको औरही नगरपालिकामा सुमोले मोटरसाइकलमा ठक्कर दिँदा एक बालकसहित दुईजनाको मृत्यू भएको हो ।
दुर्घटनामा परी मृत्यू हुनेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ का २२ वर्षिय संजित मण्डल र सम्सी गाउँपालिका वडा नम्बर १ पर्सा का प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
औरही नगरपालिका वडा नम्बर ४ स्थित कठुधारमा पर्ने माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.२–०२–००१ च.०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक युवक संजित र पछाडि सवार रहेका बालक धिरज गम्भीर घाइते भएका थिए ।
दुबैजनालाई उपचारको क्रममा जलेश्वर अस्पतालमा मृत्यू भएको महोत्तरी प्रहरीले जनाएको छ ।