रौतहट, फागुन २४

नेपाली काँग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षका सुनिल कुमार यादव निर्वाचित भएका छन् ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ७ पदाधिकारीसहित ८९ सदस्य पदका लागि सोमवार भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला पक्षका हृदयनारायण राय यादवलाई २ सय ९८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

गौरमा मंगलवार बिहान सम्पन्न पदाधिकारीहरुको मतगणना अनुसार, सुनिलकुमार यादवले एक हजार ३ सय ६२ र हृदयनारायणले एक हजार ६४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपसभापतिमा रामलोचन प्रसाद कलवार एक हजार ३ सय ८३ र धिरेन्द्र कुमार सिंह एक हजार २ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरु कोइराला पक्षका महम्मद महताब आलम (११९१), विनोद गुप्ता (८२५) लाई पाखा लगाउँदै विजयी भएका छन् ।
त्यसैगरी सचिवमा संस्थापन पक्षका राजेश चौधरी एक हजार ३ सय ९ र कोइराला पक्षका रामचन्द्र गिरीले एक हजार एक सय ४२ मत प्राप्त गरी विजयी भएका छन् ।

सचिवमा संस्थापन पक्षका सुवास कोइराला (११३२) र कोइराला पक्षका सुमन गौतम (८८५) लाई पराजित भए ।

सह–सचिवमा संस्थापन पक्षका सिकिन्द्र प्रसाद पटेल एक हजार २ सय ४१ र महम्मद फिरोज आलम एक हजार ३ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै कोइराला पक्षका धर्मेन्द्र प्रसाद (१०५१) र माजिद अली (९७१) पराजित भकाएका छन् ।

इता सदस्य पदको मतगणना भने अझै बाँकी रहेको निर्वाचन समितिका अधिकारीले बताएका छन् ।