सिरहा, फागुन २४
सरहा काँग्रेसको निर्वाचनबाट जिल्ला सभापतिमा फेरी पनि रामचन्द्र यादव निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी रामसुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका हुन् । यादवले १४२६ मत प्राप्त गरे भने चौधरीले ८८७ मत पाएका छन् ।
यादबलाई केन्द्रीय नेतृ चित्रलेखा यादवलगायतको समर्थन थियो भने यस्तै चौधरीलाई केन्द्रीय नेतृ सीता देवी, केन्द्रीय नेता प्रदिप गिरी, केन्द्रीय नेता पदम नरायण चौधरी, नेता गणेश मण्डल, मधेश प्रदेशका सासंद तथा नेपाली कांग्रेसका युवा नेता नरेश कुमार यादव लगायतका समर्थन रहेको थियो ।
नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा भएको मतदान स्थलमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई सोमबार रोक लगाएपछि पत्रकारहरु सञ्चार उपकरणसहित धर्नामा बसेर विरोध गरेका थिए ।