जनकपुर, फागुन २४
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि आन्दोलनरत्त नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ दल निकटका महिला संगठनहरुले ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।
‘संसारका उत्पीडित तथा मुक्तिकामी महिलाहरु एक होऔं, स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गरौं’ भन्ने मूल नारा साथ ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जनकपुरधाममा मनाएका हुन् ।
मंगलबार जनकपुरधामको राम चोकबाट निस्केको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
सो कोणसभामा बोल्दै सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका धनुष सेक्रेट्ररी शीतल कर्णले एमसीसी सम्झौताले आउने दिनमा वैदेशिक हस्तक्षेप नांगोरुपमै हुने भएकाले एमसीसी खारेजी नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए ।
उनले अर्बौ रुपैयाँको बजेट खर्चिन नसक्ने सरकारले कुस्वार्थ पुरा गर्नका लागि विदेशीको गुलाम जनतालाई समेत बनाउन चाहेको भन्दै कडा विरोध जनाए । उनले जनयूद्धताका देखि अहिलेसम्म हरेक आन्दोलनमा महिलाको अग्रिम स्थान रहदै आएकाले आधा आकाश र धर्तीका मालिक रहेको स्मरण गर्र्दै महिला र पुरुषमा समानता आजको आवश्यकता रहेको औल्याएँ ।
त्यस्तै विप्लब नेतृत्वको नेकपाका धनुषा महोत्तरीका ईन्चार्ज देवनारायण साहले महिला मुक्तिका लागि फेरी पनि गोलबन्द हुनुपर्ने धारणा राखे ।
अखिल महिला संघ धनुषाकी अध्यक्ष ज्योती लामाले महिलाले पनि पुरुष सरह अधिकार र कर्तव्यबोध हुनु पर्ने बताइन् । यसका लागि श्रमिक नारीहरुको एकजुट हुनुपर्ने बताइन् ।
यस कोणसभामा बैज्ञानिक समाजवादी महिला संगठन धनुषाकी अध्यक्ष हिरादेवी दास, वैज्ञानिक समाजवादी केन्द्रिय सदस्य दिपनारायण मण्डल, ऋषि कटेल नेतृत्वको नेकपाका केन्द्रिय सदस्य बिपती मण्डललगायतकाले बोलका थिए । भने उद्घोषण क्रान्तिकारी माओवादीका नेता नन्दकुमार झाले गरेका थिए ।