जनकपुर, फागुन २४
मधेश प्रदेश सरकारका एका मन्त्रीले १५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ ।
मधेश सरकारका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले १५ हजार रुपैयाँ घुस लिएको दावी व्यवसायी सरोज मिश्रले आरोप लगाएका हुन् ।
सर्लाही जिल्ला हरिपुर ५ का आयुश महतले इटा उद्योग खोल्न वातावरण निरिक्षण प्रतिवेदनका लागि मन्त्री महतोलाई घुस वापत १५ हजार रुपैयाँ दिएका जिकिर गरे ।
सूचना अभियन्ता मिश्रले स्ट्रिंग अप्रेसनको माध्यमबाट घुस प्रकरणको रहस्य सार्वजनिक भएको दावी गरेका छन् । चैम्बर्स कमर्स धनुषाका उपाध्यक्ष समेत रहेका मिश्रले स्ट्रिगं अपरेशन गरेको दावी गरेका हुन् । सो क्रममा ती व्यवसायीले नामै किटेर मन्त्री महतोले आफूसंग १५ हजार रुपैयाँ लिएको मिश्रसंग स्वीकारे छन् ।
कुनै उद्योग खोल्न वातावरण निरिक्षण प्रतिवेदन पास गर्नुपर्छ भन्दै सो पास गराउनमा मन्त्री आफैले पैसा लिइरहेको जानकारी आएपछि स्ट्रिंग अपरेशन गरेको उपाध्यक्ष मिश्रले जिकिर गरे ।
फागुन १३ मा मन्त्रालयमा प्रजेन्टेशन गरिएको बेला सो रकम लिएको जनाइएको छ ।