वीरगंज, फागुन २४

एक महिलालाई सामुहिक बलात्कार सहित ज्यान मार्ने गरी शरीर बन्धक बनाएको भन्दै दुर्य जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

४६ वर्षिया महिलालाई शरीर बन्धक बनाई ज्यान मार्ने तथा सामुहिक बलात्कार गरेको अभियोगमा पर्साको धोवीनी गाउँपालिकाका ५१ वर्षिय सेराजुल मिया र सोही ठाउ निवासी ५० वर्षिय जोहरा खातुनलाई पर्सा प्रहरीले गिरफ्तार गरेका हुन् ।

उनीहरुलाई धोवीनी गाउँपालिकाको वडा नम्बर ५ बाट गिरफ्तार गरिएको पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

ओरोपीले फाल्गुण ९ मा ति महिलालाई घरमा अन्य ३ जना ब्यक्तिलाई बोलाई कोठमा बन्दक बनाएर पीडितको गुप्तांगमा लठ्ठी पसाई गम्भीर घाइते बनाएर फरार भएका थिए ।

आरोपीलाई इलाका प्रहरी कार्यालय पोखरियाले शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

भारततर्फ फरार रहेका पीडितको पति, निजकै कान्छी श्रीमती र अन्य १ जना व्यक्तिको संलग्नता रहेकाले खोजतलास भइरहेको उनले बताए । पीडित महिलाको श्रीमान र सौताले अन्य ब्यक्ति बोलाएर यातना दिएको पीडित महिलाले भनाइ छ ।