जनकपुर, फागुन २४

उद्योग, पर्यटन, वन मन्त्री सत्रुधन महतोमाथि घुस लिएको आरोप लागिरहेको बखत आयुष इट्टा उद्योग सलार्ही हरिपुरका प्रोपाइटरले गलत अफवाह फैलिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रोपराइटर आयुषले आफुले कसैलाई घुस रकम नदिएको भन्दै स्पष्ट पारेका छन् ।

उद्योगको स्विकृतीको क्रममा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन मन्त्री महतोलाई १५ हजार रुपैयाँ परियोजनाको क्रममा प्रस्तुतिकरण गरिएकाले सो वापतको रकम दिइएको जनाएका छन् ।

यता मन्त्री महतोले पनि आफु विरुद्ध भ्रामक प्रचारवाजी गरिएको प्रति ध्यानार्षण भएको भन्दै प्रमाणित गर्न चुनौति दिँदै उनले भने, ‘आफुले घुस रकम नभई उद्योग संचालन गर्दा अनुगमन समितिको बसेको बैठकमा उद्योगबारे गरिएको परियोजना प्रस्तुतीकरण गरेकाले बैठकसहितको वापत स्वरुपको भत्ता १५ हजार रुपैयाँ दिएको हो ।’

मन्त्री महतोको स्वकिय सचिव सोम प्रसाद शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीको नाम जोडिएर व्यवसायीसंग घुस रकम लिएको भनि प्रचार गरिएको घटना सत्यता नरहेका जनाइएको छ ।

सुशासनको नाममा चरित्र हत्या गर्ने प्रयोजनले केही मौसमी प्रकृतिका छद्मभेषी टिप्पणी गरिनु र मन्त्रीको राजनैतिक चरित्र हत्या गर्ने प्रपञ्च भएको सो विज्ञप्तिमा जनाइएको छ ।