जनकपुर, फागुन २५

मधेश प्रदेशको स्थानीय तहले खेला हेर्नलाई पनि सार्वजनिक विदा दिएको छ ।

रौतहटको ईशनाथ नगरपालिका औरैयामा क्रिकट खेल हेर्नका लागि भन्दै सार्वजनिक विदा दिएको हो ।

ईशनाथ नगरपालिका रौटहटले अन्तर पालिकास्तरीय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका २०७८ को अन्तिम खेलका लागि ईशनाग नगरमा दुई दिने सार्वजनिक विदा दिएको जनाइएको छ ।

ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष कुमार मेहता र उप प्रमुख हुस्ने आराद्धारा संयूक्त हस्ताक्षरित सूचना जारी गर्दै फागुन २५ र २६ गते दुई दिने सार्वजनिक विदा दिएको छ ।

ईशनाथ नगरपालिका औरैयाले अन्तर पालिकास्तरीय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका २०७८ को अन्तिम खेलका कारण नगरपालिकाको कर्मचारीहरु समेत खेल व्यवस्थापन कार्यमा व्यस्त रहने भएकोले पालिकाभर दुई दिने सार्वजनिक विदा दिएको सो सुचना पत्रमा उल्लेख छ ।

दुई दिने सार्वजनिक विदाका कारण नगरपालिका भरि रहेको कुनै पनि सरकारी कार्यालय, विद्यालय, कलेज, अन्य संघसंस्था समेत बन्द रहने जनाइएको छ ।