जनकपुर, फागुन २५

यस्ता छन् गठबन्धनका उम्मेदवारहरु

पटक पटक स्थगित आएको नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि फागुन २७ गते निर्वाचन हुँदै छ । गत वर्ष नै उम्मेदवारी परेपनि विभिन्न कारणवस ५ पटक स्थगित भई सकेको निर्वाचन फागुन २७ मा गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।

एसोसिएसनको ७ वटै प्रदेशका साथै केन्द्रिय कार्यकारिणी समितिका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी निकटका नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियर एशोसिएसन नेपाल र नेपाल इन्जिनियरिंग समाज मिलेर एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

No description available.

केन्द्रिय कार्यकारिणी समितिका लागि अध्यक्ष पदमा डा.हरिराम पराजुली, उपाध्यक्षमा न्हसला तुलाधर, महासचिव डा.शंकर ढकाल, उपमहासचिवमा डा.समित थापा, कोषाध्यक्षमा श्याम नारायण चौधरी र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिएका हुन् ।

केन्द्रिय सदस्यका लागि संजिवनारायण यादव, विकास महर्जन, रामु श्रेष्ठ, कुलभूषण शेखर शर्मा, विशाल अधिकारी, सुनिल दहाल, अशोक विष्ट, रिजन गजुरेल, दिनविनोद खड्का, कृृपानन्द यादव, रविराज अधिकारी, हरिशंकर प्रसाद साह चुनावी मैदानमा छन् ।
त्यस्तै नेपाल इन्जिनियरिंग परिषद सदस्यका पदका लागि गोविन्द पौडेल, चाँदमाला श्रेष्ठ, देवनारायण यादव, यज्ञप्रसाद गैरे र राहुल क्षेत्री चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी मधेश प्रदेशको नेतृत्वका लागि एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट सभापतिमा राजेश यादव, मधेश प्रदेशको तर्फबाट केन्द्रिय सदस्यमा संजयकुमार यादव, मधेश प्रदेश उपसभापतिमा कार्तिकेश झा, सचिवमा रामनारायण यादव, सह सचिवमा राजिव साह, कोषाध्यक्षमा अञ्जुकुमारी यादव चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
त्यस्तै सदस्यहरुमा रविकुमार पटेल, दयानन्द साह, विशालकुमार झा, सोनाली ठाकुर, जितेन्द्रकुमार यादव, प्रविणकुमार यादव, कुन्दन कुमार ठाकुर,अमितकुमार यादव, प्रदिपकुमार यादव र रोशनीकुमारी झा पनि चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी निकट राष्ट्रिय इन्जिनियर्स संघ र नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपालले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका छन् ।

केन्द्रिय कार्यकारिणी समितिका लागि अध्यक्ष पदमा सुरज लामिछाने, उपाध्यक्षमा देउकाजी गुरंग, महासचिव भेषराज थापा, उपमहासचिवमा शिवराम केसी, कोषाध्यक्षमा आनन्द सिंह र सहकोषाध्यक्षमा अर्जुन पौडेलले उम्मेदवारी दिएका हुन् ।

No description available.

मधेश प्रदेशबाट केन्द्रिय सदस्यका लागि एसोसिएसनको प्रदेशका वर्तमान सहसचिव भवेश मिश्रको उम्मेदवारी परेको छ ।

मधेश प्रदेशको नेतृत्वका लागि बृहद राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट सभापतिमा इन्दुभूषण झा, उपसभापतिमा ललितकुमार साह, सचिवमा विजय महतो थारु, सहसचिवमा अभयकान्त झा र कोषाध्यक्षमा रामउदगार यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरुमा मो. सौकत अली, प्रविण कुमार ठाकुर, आशिष साह, हैदर ईमाम, जितेन्द्र महरा, सुजित कुमार साह, रविकुमार झा, सागर यादव, सुरजकुमार साह र विवेककुमार कर्णले उम्मेदवारी दिएका छन् ।

एकीकृत प्रगतिशील इन्जिनियर समूहको तर्फबाट मधेश प्रदेशबाट केन्द्रिय सदस्यका उम्मेदवार रहेका संजयकुमार यादवले मधेश प्रदेशमा हाम्रो तर्फ इन्जिनियरहरुको रुझान रहेको अत्याधिक बहुमतले जित्ने दावी गरे ।