
एजेन्सी, फागुन २६
बुधबार भएको राष्ट्रपतीय निर्वाचनबाट सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका छन् ।
योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७.८३ प्रतिशत मत ल्याएका थिए ।
६१ वर्षीय यओलको पार्टीले कन्जरभेटिभ विचारका हुन् । कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधीवक्ता समेत हुन् ।
उनले राष्ट्रिय एकतालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । वर्तमान राष्ट्रपति मुन जाइ इनको कार्यकाल आगामी मेमा सकिएपछि यओलले कार्यभार सम्हाल्ने भएका छन् ।
मुनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग संवादलाई अघि बढाएका थिए ।
पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिइरहेको उत्तर कोरियासँग आफूले राष्ट्रपति मुनको भन्दा फरक नीति लिने यओलले भनाइ छ ।