सन्तोष यादव समुहले संयोजक अर्जुन ज्ञवालीमाथि दुव्र्यवहार प्रयास

जनकपुर, फागुन २६

काँग्रेस धनुषाको निर्वाचन आज हुँदैछ ।

काँग्रेस निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचनका लागि अहिले काँग्रेस धनुषाको पार्टी कार्यालयमा तीन वटै समुह र निर्वाचन समितिको बैठक समेत भईरहेको जानकारी प्राप्त भएको छ । बैठकबाट निर्वाचनको समय र मापदण्डलगायतका निर्धारण गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अघि सहमतिको प्रयास अझैपनि जारी रहेकाले निर्वाचन ढिलो गरि हुने जनाइएको छ । निर्वाचन तिरहुतिया गाछीमा हुनेछ ।

नेपाली कांग्रेस धनुषाको आज हुने दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गरेपछि सभापति पदमा योगेन्द्र पँजियारको जित प्रायः सुनिश्चित रहेको पँजियार समुहको दावी छ ।

यता पँजियारका प्रतिद्वन्दी सन्तोष यादवले दिनेश प्रसैलाले पँजियारलाई समर्थन गरेको प्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्र विरोधीहरुले आफु विरुद्ध मोर्चा कसेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार राति सन्तोष यादव समुहले होली पछि निर्वाचन गर्न माग गर्दै निर्वाचन समितिका संयोजक अर्जुनकुमार ज्ञवालीलाई कुटपीट गर्ने प्रयास समेत गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा दिनेश प्रसैलाले आफ्ना उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेकोमा धन्यवाद दिए ।
उनले बुधबार दिनभरको आन्तरिक छलफलपश्चात अबेर साँझ सहमति जुटेको बताए ।
सभापति पदका लागि मंगलबार अबेर राती भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा आज हुँदैछ ।
दोस्रो चरणमा बहुमती मत ल्याएपनि निर्वाचित भएको घोषणा गरिने छ ।

पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा थिए ।
सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए ।
जसमध्ये योगेन्द्र पजियार अग्रस्थानमा १ हजार २४८ मत ल्याए भने सभापतिका अर्का प्रतिद्वन्दी सन्तोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए ।