एजेन्सी, फागुन २६

भरतको पाँच राज्यमा विधानसभाको चुनावको मतगणना हुँदैछ ।

भरतको उत्तर प्रदेश, पञ्जाब, गोवा, मणिपुर र उत्तराखण्डको विधानसभा चुनावको मतगणना सुरु भएको छ ।

भारतीय जनता पार्टीले कम्तिमा तीनवटा राज्यमा जित्ने अपेक्षा गरेको छ । एक्जिट पोलले बीजेपीले यूपी र मणिपुर, र सम्भवतः उत्तराखण्डमा पनि आफ्नो सिंहासनलाई कायम राख्ने भविष्यवाणी गरेको छ । गोवाको दौडमा काँग्रेससँग कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । ठूलो आश्चर्य पञ्जाबमा देखिएको छ । जहाँ अरविन्द केजरीवालको आम आदमी पार्टीले जित्ने अपेक्षा गरिएको छ ।

कोभिड प्रोटोकलहरूको पालना गर्दै भोटहरू गणना गरिनेछ ।

पहिले मतपत्रहरुको गणना गरिनेछ । प्रारम्भिक रुझानहरू केही घण्टा भित्रमा देखा पर्ने अपेक्षा गरिएको छ । तर प्रत्येक राज्यको पूर्ण तस्बिर देखा पर्न थप केही घण्टा लाग्नेछ । विशेष गरी गोवामा, जहाँ एक्जिट पोलले त्रिशङ्कु विधानसभाको भविष्यवाणी गरेको छ ।

प्रारम्भिकरुपमा यूपीमा सत्तारूढ पार्टीले राम्रो सुरुवात गरेपछि समाजवादी पार्टीले भाजपालाई टक्कर दिइरहेको देखाउँदछ। उत्तराखण्डमा भाजपा र काँग्रेसको प्रतिस्पर्धामा छ । पञ्जाबमा कांग्रेसलाई र आपले चुनौती दिइरहेको छ ।

मतगणना सँगै (इलेक्ट्रोनिक भोटिंग मेसिन) मा धोखाधडी र छेडछाडको आरोप पनि लागेको छ । अखिलेश यादवको समाजवादी पार्टीले यूपीको वाराणसीका अधिकारीहरूले गैरकानूनी रूपमा मेसिनहरू ढुवानी गरेको आरोप लगाएका छन् ।

उजुरी पछि तीन अधिकारीहरूलाई जिम्मेवारीमा हटाइएको जनाइएको छ । पाँच राज्यहरूमा १,२०० गणना कक्षहरूमा ५० हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरिएको छ। यूपीमा सबैभन्दा धेरै गन्ती कक्षहरू छन् (७५०) त्यसपछि पञ्जाबमा (२००) छन् ।

प्रयागराजसहित यूपीका धेरै सहरहरूमा पनि सुरक्षा बढाइएको छ । मुन्डेरा मंडी वरिपरि चार तहको सुरक्षा व्यवस्था गरिएको छ । त्यहाँ १२ विधानसभा निर्वाचन क्षेत्रहरूको लागि मतगणना हुनेछ।