जनकपुर, फागुन २७

दोश्रो चरणको निर्वाचन बिहीबार हुने भनिएपनि आन्तरिक विवादको कारण स्थगित गर्दै आज गर्दैछन् ।

कांग्रेस धनुषाको १४औं जिल्ला अधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचनको दोस्रो चरणको मतदान आज बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।

दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गर्ने निर्णय गरेसँगै संस्थापन पक्षका उम्मेदवार पराजित हुने भएपछि सो पक्षका नेता आनन्दप्रसाद ढुंगाना र महेन्द्र यादवले निर्वाचन अधिकृत ज्ञवालीलाई जनकपुरधाम छाड्न धम्की दिएको थियो । भने पँजियारका प्रतिद्वन्दी सन्तोष यादवले होली पछि निर्वाचन गर्न माग गर्दै आएको थियो । तर अन्य पक्ष निर्वाचनको पक्षमा रहेपछि बिहिबार भनिएको निर्वाचन अन्तिम समयमा स्थगित गर्दै आज हुँदैछ ।

बुधबार साँझ जनकपुरधामस्थित निधिको निवासमा शेखर समूहका नेता रामकृष्ण यादवले आफूहरुले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्ने निर्णय गरेको बताएका थिए ।

कांग्रेस धनुषा : दोस्रो चरणको निर्वाचनमा प्रसैलाको समर्थन पजियारलाई

सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार बिहान पुनः निर्वाचनको समय निर्धारण गरिएको थियो ।

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका थिए भने सभापतिका अर्का प्रतिद्वन्द्वी संतोष यादवले ८८२ र प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए ।

धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणको निर्वाचन हुँदैछ । दोश्रो चरणको निर्वाचनमा बहुमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने काँग्रेसको विधानमा व्यवस्था गरिएको छ ।